सुयना बनिन् ‘मिस एसइई गण्डकी’
पाेखरा | असार ३, २०८०
PHOTO: PREM 7
पोखरा: एसटी क्रियसनद्वारा आयोजित तेस्राे मिस एसइई गण्डकीको ताज सुयना हिराचनले जितेकी छिन् ।
शनिबार पोखरामा भएको ग्राण्ड फिनालेमा अन्य १३ प्रतिस्पर्धीलाई पछि पार्दै सुयना मिस एसइई गण्डकी –२०२३ बनेकी हुन् ।
उनले मिस एसइई गण्डकी २०२३ को ताजसँगै प्लस टु अध्यनका लागि पूर्ण छात्रवृत्तिसहित नगद रु २५ हजार तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।
यस्तै फस्ट रनरअप स्मृति ताम्राकार बन्दै प्लस टु अध्यनका लागि ७५% छात्रवृत्तिसहित नगद रु २० हजार प्राप्त गरिन् भने सेकेन्ड रनरअप बनेकी समृद्धि थापाले प्लस टु अध्यनका लागि ७५% छात्रवृत्तिसहित नगद रु २० हजार हात पारिन् ।
भ्यूअर च्वाइसका रुपमा जेसिका गुरुङ पुरस्कृत बनिन् । यस्तै अन्य विधामा उत्कृष्ट बनेकी प्रतिस्पर्धीहरुलाई पनि अवार्ड प्रदान गरिएकाे थियाे ।
निर्णायकमा डा. रामजी शर्मा, कौशल्या गुरुङ, जेनिता थापामगर, अर्कित पुरी, मन्जेस गिरी र सफल सुवेदी रहेका थिए ।
उनीहरुलाई गण्डकी प्रदेश सभा सदस्य तथा महिला नेतृ सरस्वती गुरुङ लगायतले पुरस्कार वितरण गरेकी थिइन् ।

पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन लागेको २२ औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाली खेलकुदको सबैभन्दा ठूलो र फ्रतिष्ठित अवार्डको कार्यक्...
काठमाडौंः: नेकपा (एमाले)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गर्ने भएको छ। मङ्गलबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको हो। एमालेले प्रत्येक प्रदेशमा १/१ जना ...
पर्सा: सर्वदलीय तथा सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगन्जमा भइरहेको विरोध प्रदर्शन अबदेखि नगर्ने सहमति गराएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज यहाँ बसेको सर्वदलीय तथा सर्वप...

